रुसविरुद्ध संयुक्त राष्ट्रको प्रस्तावमा भोटिङ नगरेको विषयमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले संसदमा स्पष्टिकरण दिएकी छिन् ।उनले यसबारे कुरा गर्दै भनिन्, ‘बंगलादेशले यो प्रस्तावमाथि मतदान यसकारण गरेन किनभने यो एउटा देशविरुद्ध मात्रै थिएन ।’प्रधानमन्त्री शेख हसिनाले यतिबेला बंगलादेश र रुसको मैत्रीपूर्ण सम्बन्धबारे पनि कुरा गरिन् । उनले भनिन्, ‘ सन् १९७१ को स्वतन्त्रता संग्राममा अमेरिकाको सातौं फ्लीट बंगालको खाडीतर्फ पठाइएका बेला रुस हाम्रो साथमा थियो ।’शेख हसिनाले