एजेन्सी। बेलायतमा लगातार लकडाउनका बाबजुद मार्चपछि पहिलो पटक दैनिक संक्रमणदर ४९ प्रतिशतले बढेको छ। पछिल्लो २४ घन्टामा बेलायतमा ५ हजार २७४ जना संक्रमित भएका छन् भने १८ जनाको मृत्यु भएको छ। यो २६ मार्चपछि देखिएको सबैभन्दा ठूलो संख्या हो। यद्यपि बेलायतको आधा वयस्क जनसंख्याले खोप लगाइसकेका छन्। अझैपनि बेलायतका अधिकांश स्थानमा लकडाउन कायम छ।