नेपाल मिडिया काउन्सिल विधेयक २०७५ माथि संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त विधेयक पेश गरेपछि छलफल सुरु भएको हो ।
विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरी विधेयक ल्याइएको बताए । उनले विधेयकमा उल्लेखित दण्ड जरिबानाको विषयलाई अदालति विषय बनाउने भन्ने बारेमा सोच्न सकिने र केही नमिलेका कुराहरु छलफलका क्रममा मिलाउन सकिने स्पष्ट पारे ।