राष्ट्रियसभाबाट पारित भएर सन्देश सहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको छ ।