नेकपा एमालेका सांसद नारदमुनि रानाले काँग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा सरकार बेखबर भएको आरोप लगाए । उनले भने– ‘खोप, खोप, खोप प्राथमिकतामा रहेको सरकारले ओली सरकारले ल्याएपछि खोप ल्याउन सकेको छैन् । अहिले काँग्रेसका नेता कार्यकर्ताहरूको घर घरमा खोप भेटिन्छ । त्यति मात्र हैन अहिल