नारदा स्टिङ मामिलामा छानबिन गरिरहेको भारतको केन्द्रीय अनुसन्धान विभागले पश्चिम बंगालका चार नेतालाई गिरफ्तार गरेको छ। गिरफ्तार भएका सबै नेता मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमूल कांग्रेस (टीएमसी) का हुन्। पश्चिम बंगाल सरकारको क्याबिनेटका दुई मन्त्री फिरहाद हकीम र सुब्रत मुखर्जी पनि गिरफ्तारीमा परेका छन्। केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्वमन्त्री शोभनदेव चटर्जी र त्रिणमुलका विधायक मदन मित्रलाई पनि सीबीआईका अधिकारीहरूले समातेका छन्। शोभनदेव त्रि