नेपाल र भारतबीच चार सम्झौता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिवार दुई मुलुकबीच चारओटा सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका अधिकारीहरूले ती सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा इन्टरनेशनल सोलार एलाइन्समा नेपालको प्रवेश, पेट्रोलियम पदार्थ आपूर्ति र प्राविधिक सहयोगसम्बन्धी छुट्टाछुट्टै दुई र सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग सम्झौता भएको हो । सीमा विवादको समाधान संयन्त्रमार्फत शनिवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दुई देशबीचको सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति भएको जानकारी दिनुभयो । ‘मैले मोदीजीलाई सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको छु,’ उहाँले भन्नुभयो । मोदीले पनि सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति भएको जानकारी दिनुभयो । ‘हामीले सीमा समस्यामा छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न प्रस्ताव गरेको छु, यसमा दुवै सहमत छौं,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवा र मोदीले हरियो झन्डा देखाएर जयनगर–कुर्था रेल उद्घाटन गर्नुभयो । उहाँहरूले सोलु कोरिडोरको प्रसारण लाइन पनि उद्घाटन गर्नुभयो । दुवै प्रधानमन्त्रीले १३२ केभीको ९० किलोमीटर लामो प्रसारण लाइनको भर्चुअल उद्घाटन गर्नुभएको हो ।   सोलु कोरिडोर प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतीय बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो । उहाँहरूले भूकम्पपछि पुनर्निर्माण भएका १३२ स्वास्थ्य चौकीको पनि उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाको भ्रमणका बेला पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा पनि छलफल भएको छ । नेपाल र भारत सरकारबीच परियोजना द्विराष्ट्रिय लगानीमा संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय भएको थियो । परियोजना अघि बढाउन धेरै प्रयास भए पनि अहिलेसम्म खासै प्रगति भएको छैन । दुवै देशका प्रधानमन्त्रीबीचको छलफलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ‘गेम चेन्जर’ भएकाले तीव्र गतिमा अगाडि बढाइने बताउनुभयो । मोदीले विद्युत् निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । ‘नेपालको विद्युत् परियोजनामा भारतीय कम्पनीको अझ धेरै भागिदारीका विषयमा सहमति व्यक्त गरेका छौं,’ मोदीले हैदरावाद हाउसबाट भन्नुभयो, ‘अब नेपालले भारतमा विद्युत् निर्यात गर्दै छ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’ नेपाल र भारतबीच ऊर्जाक्षेत्रमा सहकार्यका लागि समझदारी पनि भएको छ । संयुक्त वक्तव्यमा नेपालमा संयुक्त लगानीमा बन्ने जलविद्युत् र नवीकरणीय ऊर्जा परियोजना निर्माणका लागि भारतले सहयोग गर्ने उल्लेख छ । बीबीआईएन फ्रेमवर्कभित्र ऊर्जा सहकार्य सुदृढ गर्न पनि दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष थप तीन हवाई रूट उपलब्ध गराउन आग्रह गर्नुभएको छ । देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रूट उपलब्ध गराउन माग गर्नुभएको हो । भैरहवास्थित अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्न पनि प्रधानमन्त्री देउवाले भारतलाई आग्रह गर्नुभएको छ ।

सम्बन्धित सामग्री

कानुन समितिले माग्यो नेपाल र भारतबीचको सम्झौता

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले नेपाल र भारत बीचको सम्झौता उपलब्ध गराउन निर्देशन दिएको छ।...

नेपाल-भारत संयुक्त आयोगको बैठकका सम्झौता स्वागतयोग्य : निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बिहिबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भएका सम्झौता तथा सहमति स्वागतयोग्य रहेको बताएका छन्। सम्झौताहरुले नेपाल र भारतबीच रहिआएको बिशिष्ट सम्बन्धलाई थप बल...

‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो ।३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुनेछ ।थुप्रै नेपाली र नेपाली भाषीको बसोबास रहेको भारतमा &nbs

जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता

१६ फागुन, काठमाडौं । भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलले जानकारी दिए । ‘जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन […]

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारतबीच सम्झौता

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर […]

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल–भारत सम्झौता सम्पन्न

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बता

नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उठाउंदै आएको नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको माग सम्वोधन भएको भन्दै स्वागत गरेको छ । बैंकले

नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको महासङ्घद्वारा स्वागत

नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौता संशोधन भएकामा प्रसन्नता व्यक्त गरेको छ । रेल संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन् । यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासङ्घले लिएको छ ।महासङ्घले आज एक विज्ञप्तिमार्फत लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएकामा स्वागत गर्दै यसका लागि निरन्तर पहल गर्ने दुवै देशका सरकारलाई धन्यवादसमेत दिएको छ । पछिल्

‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’का लागि आदानप्रदान पत्रमा हस्ताक्षर

काठमाडौँ / नेपाल र भारत सरकारबीच आज भारत-नेपाल रेल सेवा सम्झौता २००४ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच आज भर्चुअल

नेपाल–भारत रेल सम्झौता संशोधनको तयारी

नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले नेपाल–भारत रेल सम्झौता संशोधनका लागि प्रक्रिया अगाडि बढाए पनि सहमति भइनसकेको ज