नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले नेपाल–भारत रेल सम्झौता संशोधनका लागि प्रक्रिया अगाडि बढाए पनि सहमति भइनसकेको ज