पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत

काठमाडौं। दिल्लीबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। विमानस्थल वरपर पूर्वराजा शाहको स्वागतका लागि राजावादीहरू लामबद्ध थिए। उनी हरिद्वारस्थित कुम्भमेलामा सहभागी हुन चैत २६ गते पत्नी कोमल शाहसँगै भारत गएका थिए। उनले त्यहाँ ‘शाही स्नान’ पनि गरेका थिए। स्वामी श्री कैलाशानन्दजी महाराजको निमन्त्रणमा उनी कुम्भमेलामा सहभागी हुन भारत गएका थिए।

सम्बन्धित सामग्री

पूर्वराजा शाहको स्वागतमा नवलपरासीमा उर्लियो जनसागर (तस्बिरहरु)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नवलपरासीमा जनसागर उर्लिएको छ। पूर्वराजा शाह मंगलबार पश्चिम नवलपरासीको सरावल–७ बर्दघाटस्थित कालिका मन्दिर पुगेका थिए। त्यसक्रममा उनको स्वागतका लागि ठूलो संख्यामा सर्वसाधारण पुगेका हुन्। पूर्वराजा शाह केही दिनदेखि पश्चिम नेपालका जिल्लाको भ्रमणमा छन्। केही दिनअघि कपिलबस्तुको चन्द्रौटामा पनि पूर्वराजा शाहको भव्य स्वागत भएको थियो। तस्बिरहरुः सामाजिक सञ्जाल

भक्तपुरवासीकाे निमन्त्रणमा ज्ञानेन्द्र शाह दरबार क्षेत्रमा (तस्बिर)

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरमा रहेकाे तलेजु भवानीको दर्शन गर्नुभएको छ ।आज आइतवार दिउँसाे उहाँले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।स्थानीयवासीले पूर्वराजा शाहकाे समर्थनमा विभिन्न नारा लगाउँदै स्वागत र सम्मान गरेका थिए ।तस्बिर : न्युज एजेन्सी नेपाल

एक महिना थाईल्याण्ड वसेर स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र

नातिनीहरुको ग्य्राजुएसनका लागि थाईल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार परिवारसहित स्वदेश फर्केका छन् ।  एक महिनाको थाइल्यान्ड बसाइबाट फर्केका पुर्वराजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। उनी पूर्वरानी कोमलसहित बैँककबाट काठमाडौँ ...

थाइल्यान्डबाट फर्कँदा पूर्वराजालाई विमानस्थलमा स्वागत (तस्बिरहरु)

काठमाडौँ- करिब एक महिनाको थाइल्यान्ड बसाइबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बेलुका भव्य स्वागत गरिएको छ। उनी पूर्वरानी कोमलसहित शुक्रबार बैँककबाट काठमाडौँ ओर्लिएका हुन्। उनीहरुको साथमा पूर्वयुवराज्ञी हिमानी शाह पनि बैँककबाट फर्किएकी छन्। उनीहरुलाई सयौँको संख्यामा शुभेच्छुकहरुले विमानस्थलमा स्वागत गरेका थिए। नातिनीहरु पूर्णिका र कृतिकाको ग्र्याजुएसनका लागि पूर्वराजदम्पति थाइल्यान्ड पुगेका थिए। थाइल्यान्डबाट […]

पूर्वराजा ज्ञानेन्द्रप्रति भारत असन्तुष्ट, राजा फर्काउन खोज्नेलाई साथ नमिल्ने

काठमाडौं, ७ वैशाख । हरिद्वार पुगेर महाकुम्भ मेलामा शाही स्नान गरेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारत सरकारबाट नै भव्य स्वागत मिलेको प्रचारहरुले काठमाडौंमा तरंग ल्याउन खोजियो । गंगा नदी वरपरबाट शाहको भ्रमणको खुबै चर्चा राजधानीमा चल्यो । पूर्वराजाले हिन्दु धर्ममाथि प्रहार भएको आशयसहितको भाषण पनि गरे । नाम चलेका साधुसन्तले उनलाई राजाकै जसरी सम्मान पनि […]

प्रधानमन्त्रीको गृहनगर पूर्व राजदम्पतिलाई भव्य स्वागत

भद्रपुर : पूर्वराजा-रानीप्रति झापाली जनताको मोह अझै घटेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकस्थित मिनी दरबार आएका पूर्व राजदम्पतिलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका समर्थकले भव्य स्वागत तथा सम्मान गरेका छन्।  श्री एयरलाइन्सको जहाजबाट बुधबार दिउँसो १ बजेर २८ मिनेटमा झापा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाह ...

इलाममा पनि पूर्वराजाको भव्य स्वागत (फोटोफिचर)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई इलामेली जनताले पनि भव्य स्वागत गरेका छन् । इलाम र पाँचथर भ्रमणका लागि त्यसतर्फ गएका पूर्वराजालाई बिहीबार इलामेली जनताले भव्य स्वागत गरेका हुन् ।  उनको स्वागतका लागि ...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तनहुँमा भव्य स्वागत

तनहुँ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई बुधबार तनहुँमा भव्य स्वागत गरिएको छ । पूर्वराजा शाह पारिवारिक भ्रमण पोखराबाट सडकमार्ग हुँदै काठमाडौँ फर्किने क्रममा दमौलीका राजवादी समर्थकहरूले स्वागत गरेका हुन् ।    तोकिएको समयभन्दा ४ घण्टा ढिला ...