सर्वोच्चका असन्तुष्ट १४ न्यायाधीश छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बस्न लागेको छ। आज प्रधानन्यायधीश जबराले बोलाएको फुलकोर्ट (पूर्ण बैठक) बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरु थप निर्णयका लागि...

सम्बन्धित सामग्री

बार पदाधिकारीसँग न्यायाधीशहरु आज पनि छलफलमा

काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग न्यायाधीशहरु मंगलबार पनि छलफलमा बसेका छन्। उनीहरु सर्वोच्च अदालतको एनेक्स भवनमा छलफलमा रहेको एक सहभागीले देशसञ्चारसँग जानकारी दिए। छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसहित सर्वोच्चका प्रधान न्यायाधीश राणासँग असन्तुष्ट न्यायाधीशहरु सहभागी छन्। सोमबार पनि बार पदाधिकारीहरुसँग न्यायाधीशहरुको छलफल भएको थियो। छलफलका क्रममा बार […]

बार र न्यायाधीशबीचको छलफल सुरु, ५ न्यायाधीश अनुपस्थित

प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ५ न्यायाधीशको भने सहभागिता रहेको छैन । उनीहरु यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ ।  विद्रोही न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् । बैठकमा न्यायाधीशहरूले अदालतमा जारी विवाद र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो धारणा राख्ने बताइएको छ

असन्तुष्ट समूहबाट अलग भएका न्यायाधीश पनि इजलासमा बसेनन्

३० कात्तिक, काठमाडौं । असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीश अहिलेसम्म इजलासमा बसेका छैनन् । तीन सातादेखि सामूहिक छलफलमा रहेका तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरुको छलफलमा नआउने घोषणा गरेका थिए । मंगलबार प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराले उनीहरुको संयुक्त तथा […]

प्रधानन्यायाधीशले वार्तामा बोलाएपछि बार र असन्तुष्ट न्यायाधीशबीच छलफल

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीश छलफलमा जुटेका छन्। प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपनि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो।

प्रधानन्यायाधीश र वार्ता टोलीबीच विश्वासको संकट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र असन्तुष्ट न्यायाधीशका तर्फबाट गठित वार्ता टोलीबीच विश्वासको संकट बढेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र डा मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीश जबराले केही महिनामा अदालतमै रहेर सम्मानजनक बहिर्गमन हुने प्रस्ताव गरेका थिए । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पदबाट राजीनामा नै सम्मानजनक बहिर्गमन हुने बताए । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै असन्तुष्ट न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गर्दै आएका छन् ।

सर्वोच्च अदालतका १४ जना न्यायाधीश छलफलमा

सर्वोच्च अदालतका १४ न्यायाधीशको छलफल आज साेमबार पनि जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बसिरहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।