राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेकी छन् ।
काभ्रेपलाञ्चोक- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् ।
राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज ...
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आइतबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् ।
काभ्रे। विजयादशमी नजिकिदै जाँदा शक्ति पिठहरुमा सरसफाई शुरु गरिएको छ । चार भगवती मध्येको एक प्रमुख पलाञ्चोक भगवती मन्दिरमा विजया दशमीका अवसरमा भक्तालुहरुको भिड हुने गरेको छ । हरेक वर्ष राष्ट्र प्रमुखले पलाञ्चोक भगवतिको दर्शन गरेर पलाञ्चोक भगवती मन्दिरको महिमा र गरिमालाई बढाउनु भएको स्थानीयको भनाई छ । असोज २८ गते घटस्थापनाबाट उक्त मन्दिरमा भक्तालुहरुको […]
पलाञ्चोक, काभ्रे । पाँचखाल नगरपालिका ९ स्थित पलाञ्चोक भगवती मन्दिर परिसरमा श्रीमद् भागवत सत्सङ्ग ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उद्घाटन गर्नु भएको छ । धार्मिक व्यक्तित्व कृष्णप्रसाद पौडेलको संकल्प बमोजिम पण्डित रामचन्द्र आचार्य तथा डेगनाथ ढकालको मुखराविन्दबाट श्रीमद् भागवत सत्सङ्ग ज्ञान महायज्ञमा कथा बाचन हुनेछ । फागुन १५ […]
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवम् पूजाआजा गर्नुभएको छ ।
राष्ट्रप्रमुखबाट आजका दिन पलाञ्चोक मन्दिरमा दर्शन एवम् पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा र दर्शन गर्नुभएको हो ।
उहाँ नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले करिब १५ मि...
पलाञ्चोक भगवती आफैँमा चिरपरिचित धार्मिक गन्तव्य बोकेको ठाउँ हो । काभ्रे जिल्लामा रहेको पलाञ्चोक भगवती अत्यन्तै महत्वपूर्ण धार्मिक क्षेत्रका रूपमा परिचित छ । हाम्रो मुलुक विविध धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताले भरिपूर्ण भएको मुलुक हो । यहाँ अनगिन्ती धार्मिक, देवीदेवताका मठमन्दिरहरू रहेका छन् । विविध मठमन्दिरको बाहुल्यताले नै हाम्रो मुलुकलाई विश्वमा परिचित गराउन मद्दत पुगेको छ […]
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १०ः३० बजे मन्दिर पुगेकी थिइन् । उनी राष्ट्रपति भएपछि यस मन्दिरमा पूजाअर्चना गरेको यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो । राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम
काभ्रे, १३ बैशाख । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो । नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ […]