राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना, तस्बिरहरु हेर्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १०ः३० बजे मन्दिर पुगेकी थिइन् । उनी राष्ट्रपति भएपछि यस मन्दिरमा पूजाअर्चना गरेको यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो । राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम

सम्बन्धित सामग्री

पलाञ्चोक भगवती मन्दिर परिसरमा ज्ञान महायज्ञ

पलाञ्चोक, काभ्रे ।  पाँचखाल नगरपालिका ९ स्थित पलाञ्चोक भगवती मन्दिर परिसरमा श्रीमद् भागवत सत्सङ्ग ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उद्घाटन गर्नु भएको छ । धार्मिक व्यक्तित्व कृष्णप्रसाद पौडेलको संकल्प बमोजिम पण्डित रामचन्द्र आचार्य तथा डेगनाथ ढकालको मुखराविन्दबाट श्रीमद् भागवत सत्सङ्ग ज्ञान महायज्ञमा कथा बाचन हुनेछ । फागुन १५ […]

पलाञ्चोक भगवती मन्दिर परिक्रममा गर्दै राष्ट्रपति भण्डारी (फोटोफिचर)

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारी वडादसैँको आठौँ दिन महाष्टमीको अवसरमा सोमबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ एवम् दर्शनपछि मन्दिर परिक्रममा गर्दैँ । तस्बिरः पेमा लामा÷रासस

जिल्ला प्रशासनले यसरी गर्दैछ दशैँको पूर्व तयारी

पलाञ्चोक भगवति मन्दिर सरसफाई दैनिक बजार अनुगमन यात्रु सहायत कक्ष स्थापना काभ्रे । ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर परिसर सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको टोलीले मन्दिर परिसर सरसफाई गरेको हो । पलाञ्चोक भगवती मन्दिर ब्यवस्थापन समितिले सरसफाई कार्यमा संयोजन गरेको हो । हरेक वर्ष राष्ट्रपति विद्यादेवी […]

नयाँ वर्ष मनाउन काभ्रेका पर्यटकीय पर्यटकीयस्थलमा घुइँचो

वैशाख २, काभ्रेपलाञ्चोक । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ ।  काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, दोलालघाट, साँगा र नगरकोटलगायतका क्षेत्रमा नयाँ वर्षमा घुम्नका लागि आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो वर्षमा कोरोना सङ्क्रमण जोखिमका कारण भीडभाडमा जान नहुने भएका कारण बाहिर घुम्न ननिस्कने गरेकामा यस वर्ष कोरोना संक्रमण जोखिम न्यून भएकाले धेरैजसो मानिस रमाइलो र आनन्द लिनका लागि घुम्न निस्केको बताउँछन् ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का विजय तामाङले नयाँ वर्षको पहिलो दिन भएकाले परिवारसहित रमाइलो र मनोरञ्जन लिनका लागि देवीस्थानडाँडामा घुम्न पुगेको बताए । ‘अरु बेला आफ्नो काममा व्यस्त भइन्छ, नयाँ वर्ष छोराछोरीलाई रमाइलो र हौसला बढाउनका लागि घुम्न आएको हुँ’, उनले भने, ‘फुर्सदका दिनभन्दा पनि सबैले मनाउने गरेको यस अवसरमा घुमघामका लागि निस्केको हुँ ।’ देवीस्थानडाँडामा परिवारसहित घुम्न पुग्नुभएका विक्रम चौलागाईँले नयाँ वर्षलाई परिवारको खुशी र मनोरञ्जन प्रदान गर्नका लागि समय मिलाएर निस्केको बताए । ‘निर्वाचन नजिक आइसकेका कारण हिजोआज खासै फुर्सद नै मिलेको छैन’, उनले भने, ‘वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुशी साट्नका लागि पनि आएको हुँ ।’ नगरपालिकाले यहाँका देवीस्थानडाँडामा बान्तीपार्क, पृथ्वीनारायण शाह, सहिद बलभद्र कुँवरको शालिकका साथै व्यवसायीले पिङ खेल्नका लागि मनोरञ्जन पार्कमा घोडा चढ्ने व्यवस्थासमेत गरिदिएका कारण पर्यटक बढ्न थालेका हुन् ।  काठमाडौंबाट नजिकको गन्तव्य हुनाका साथै यहाँबाट हिमालका मनोरम दृश्यावलोकन गर्न पाउने र वरिपरिको सुन्दर क्षेत्र हेर्न पाउने भएका कारण पनि पर्यटक घुम्न आउने गरेका छन् । धुलिखेलको देवीस्थानलगायत नमोबुद्ध, नगरकोट, दोलालघाट, साँगा, पनौतीको रयाले, मानेदोभानलगायतका पर्यटकीयस्थल नयाँ वर्षका दिन धेरै आन्तरिक पर्यटकले भरिएका छन् । साथीसङ्गी र परिवारसहित बाहिर घुम्न जाँदा सबैमा खुसीको अनुभूति हुने भएकाले विशेषगरी नयाँ ठाउँ तथा रमाइलो र मनोरञ्जन लिन पाउने ठाउँमा घुम्न निस्कने गरेको उनीहरूको भनाइ छ ।  पर्यटकहरुको चहलपहलसँगै पर्यटकीयस्थलका व्यवसायीमा उत्साह थपिएको छ । लामो समयसम्म कोरोना संक्रमण जोखिमका कारण सोचजस्तो आम्दानी गर्न नपाएका व्यवसायी पर्यटकको आवतजावत कम हुँदा खुम्चिए बस्नुपरेको अवस्थामा अब पर्यटकको आवागमनसँगै व्यवसाय फस्टाउने आशामा छन् । यसैबीच नयाँ वर्षका दिन बिहान काभ्रेपलाञ्चोकका धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो नै लागेको थियो । पलाञ्चोकको पलाञ्चोक भगवती मन्दिर, नमोबुद्धको नमोबुद्ध गुम्बा, बनेपाको चण्डेश्वरीलगायतका मन्दिरमा दर्शनार्थी दर्शनका लागि लामबद्ध भएका थिए ।  नयाँ वर्ष सुरुआतसँगै पहिलो दिन खुशी, आनन्द, सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नका लागि मन्दिरमा पुगेर दर्शन गरेको बेथानचोक गाउँपालिका–५ का नारायण फँुयालले बताए । रासस

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

काभ्रे, १३ बैशाख । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो । नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ […]

पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित

काभ्रेपलाञ्चोक - पाँचखालको पलाञ्चोक भगवती मन्दिर र बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती मन्दिर संरक्षण विकास समितिका अध्यक्षसमेत रहनुभएका महेश खरेलले प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको वैशाख पूर्णिमाको द...

पलाञ्चोक भगवती र चण्डेश्वरीको जात्रा स्थगित

बनेपा : विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ। पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती

भगवती मन्दिर परिसरलाई प्रदूषण मुक्त बनाइँदै

बागमती प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–५ को चण्डेश्वरी र पाँचखाल–९ को पलाञ्चोक भगवती मन्दिर परिसरलाई प्रदूषण मुक्त क्षेत्र घोषणा गर्ने गरी काम सुरु गरेको छ। डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत न्हुच्छे श्रेष्ठले प्रदेश सरकारको धार्मिक/ऐतिहासिक/पर्यटकीय/पुरातात्त्विक महत्वका स्थानलाई प्रदूषण मुक्त बनाउने वार्षिक कार्यक्रम अन्तर्गत मन्दिर परिसरलाई प्रदूषण मुक्त क्षेत्र घोषणा गर्ने काम सुरु गरिएको बताउनुभयो।