फिल्म ‘चिसो एष्ट्रे’ को मंगलबार प्रिमियर भएको छ । सिभिल मलको क्युएफएक्स सिनेमामा साँझ आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्म हेर्न अधिकांश सेलिब्रेटीले भने फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । केही सेलिब्रिटीले फिल्म हलिउड जस्तो लागेको समेत बताए ।प्रिमियरमा वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएक