काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल विधुत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन बातावरण बनाउन निर्देशन दिएका छन् । मंगलबार उर्जामन्त्री पम्फा भुसाललाई बोलाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्तिको तयारी गर्न भनेका हुन् । लोडसेडिङ घटाउन महत्त्वपूर्ण योगदान पुर्याउदै आएका घिसिङको पुन नियुक्ति गर्न खोजेर देउवाले जनभावनाको सम्मान गर्न खोजेका हुन् ।