ज्योति विकास बैंकको भिडियो बैंकिङ माध्यम सार्वजनिक

ज्योति विकास बैंकले १४औँ वार्षिकोत्सवको अवसरमा भिडियो बैंकिङ माध्यम सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

गोकर्णमा ज्योति विकास बैंकको नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंक (Jyoti Bikash Bank)ले बिहीवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा १२०औं शाखाको औपचारिक उद्घाटन गरेको छ ।  शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्तरूपमा गरेका थिए । सो अवसरमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि रिसालले बैंकको शाखाले सो क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा थप सुलभ र सहज बनाउने अपेक्षा गरे । बैंकका सञ्चालक श्रेष्ठले सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्न बैंक सधैं प्रतिबद्ध रहेको बताए ।  बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकको समृद्धिमा सधैं साथ दिन र उच्चतम बैंकिङ सेवा प्रदान गर्न अग्रसर रहेको बताए ।

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

असार ३०, काठमाडौं । असार २० गतेदेखि निष्कासन तथा विक्री खुला भएको ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको यस ऋणपत्र निष्कासन गरेको हो ।  बैंकले रू. १ अर्ब ५० करोड बराबारको १५ लाख कित्ता विक्री खुला गरेको हो । प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ ।  उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि असार २३ गतेसम्म भएपनि ऋणपत्रमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधि आज (मंगलवार) सम्म नै विक्री गरेको कम्पनीले जानकारी दिएको छ ।  यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो ।  बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच कर्जा सम्बन्धी सम्झौता

असार १३, काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरीदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ ।  सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरीदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने बैंकले बताएको छ ।   सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् ।  यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकहरुलाई ७० प्रतिशतसम्म कर्जासजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ ओटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिने जानकारी दिइएको छ । गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरीद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ । सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरीदविक्रीसेवा दिंदै आएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ओटा एटिएम मार्फत बैंकिङ सेवा उपलव्ध गराउँदै आईरहेको छ ।