सल्यान : सल्यान कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरका बाल कुँवरले मौरीघार बिक्रीबाट वार्षिक १८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।स्थानीय कच्चा पदार्थबाट सहजै घार बनाउन सकिने भएपछि उनले घार निर्माणबाट मनग्य आम्दानी गरेका हुन्। वार्षिक ५–६ सयसम्म घार निर्माण गर्दै आएको बताउँदै उनले मागअनुसार घार पुर्याउन नसकेको बताए।प्रतिघारको काठअनुसार २ हजार ५ सय देखि ३ हजार ५ सयसम्म बिक्री हुने गरेको बताउँदै घार बिक्रीबाट गत वर्षमात्र १९ लाख आम्दानी भएको उनको भनाइ छ। उनले भने, ‘गत वर्ष ६ सय घार