काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीको ठाउँमा कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । खेल १२ः३० बजे सुरु हुनेछ ।