सेवाग्राहीसँग घुस लिएको आरोपमा धनुषाको नगराइन नगरपालिका-२ का वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्र पक्राउ परेका छन् । सडक निर्माण कार्य सम्पन्न भएको सिफारिस गरिदिएबापत उपभोक्ता समितिबाट ७० हजार रुपैयाँ घुस लिएका वडाध्यक्ष र सचिवलाई अख्तियारले घुसमा लिएको रकमसहित पक्राउ गरेको हो ।