प्रदेशबाट नयाँ सवारी साधन दर्ता र नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । नवीकरण हुने सवारी साधनको हकमा कार्ययोजना बनाई क्रमशः अनिवार्य गर्दै लगिने यातायात व्यवस्था विभागले जनाएको छ ।
निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो प्रदेशको प्रदेश सभा सचिवालयलाई पत्र पठाई आयोगले निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सचेत गराउँदै त्यस्तो पत्र पठाएको हो । आयोगले मंसिर ४ …
आज गरिएको विशेष चेकिङको क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तीव्र गतिमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठुलो आवाज निकाल्ने २ ओटा मोटरसाइकलका चालक कारबाहीमा परेका हुन् । त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ७ सय ८८ जना चालक पनि कारबाह
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १९६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा १९७ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरू रहेका छन् । लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारवाही गर
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो । कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् । मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारवाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाए
काठमाडौं । नयाँ सवारी साधन किन्नेहरुले अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू गरेको हो । आजदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार […]
काठमाडौं, असोज २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ । दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले नम्बर प्लेटविरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ र खुइलिएका नम्बर […]
आगामी साउनदेखि सरकारले सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । सर्वोच्च अदालतबाट आफुहरुको पक्षमा फैसला आएपछि विभागले साउनबाट सो नम्बर प्लेट अनिवार्य गर्न लागेको जनाएको हो । सरकारी तथा नीजि सवारी साधनका लागि यो प्लेट अनिवार्य हुनेछ । यातायात व्यवस्था विभागले ०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर
काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनि