काठमाडौं : घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दशैँको चटारो छ। किनमेलसँगै काम टुङ्ग्याएर दशैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन्। काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दशैँलाई भेटघाटको अवसरका रूपमा लिएका छन्।अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दशैँलाई भेटघाटका रूपमा सदुपयोग गर्छन्। उनी यसपटक चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को प्रदर्शनका कारण काठमाडौंमै दशैँ मनाउँदै छन्। तर अघिल्ला वर्षहरूमा उनी स्याङ्जा पुग्ने गर्थे। ‘मेरो लागि दशैँ साथीभाइसँगै आफन्तसँग भेट्ने चाड