काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
नागरिकता विधेयकलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरङ्कुशता भएको सांसद रावलले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘छलफल होइन केवल छल हो । नागरिकताजस्तो संवेदनशील विषयमा छल गर्नु निन्द...