काठमाडौं। सिंहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न जाँदा पक्राउ परेका हुन्। सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुँदै आएका छन्। पुनर्निमाणको काम बाँकी रहेको बेला हटाएर बेरोजगार बनाउन खोजेकाले आन्दोलन गर्नुपरेको उनीहरुले बताए।