राष्ट्र बैंकद्वारा विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन

कात्तिक १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको छ ।            अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानूनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे विश्लेषण गरेको छ । त्यस्तै अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाबारे पनि छोटकरीमा विश्लेषण गरिएको उल्लेख छ ।            सार्क मुलुकमध्ये भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंक फरवार्ड मार्केट सङ्लग्न रहेको र आधाजसो बैंक स्वाप कारोबारमा सङ्लग्न रहेको पाइएको छ ।            बैंकले ८१ उत्तरदाता गैरवित्तीय फर्म (११५ ओटा फर्मलाई प्रश्नावली सोधिएको) मध्ये १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ । जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्म रहेका छन् । दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरू ३७ प्रतिशत रहेको र विदेशी विनिमय जोखिम रहेको भन्ने बाँकी फर्ममध्ये ५२ दशमलव ९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।            तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनबाट देखिएको छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने अवस्था छ । हालको ओटिसी मार्केटलाई अझ सशक्त बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न दीर्घकालीनरुपमा प्रवर्द्धन गर्नुपर्ने देखिएको अध्ययनमा उल्लेख छ ।रासस

सम्बन्धित सामग्री

वस्तु विनिमय बजारको २ लाइसेन्सका लागि ४ कम्पनी प्रतिस्पर्धामा

१० वैशाख, काठमाडौं । वस्तु विनिमय बजार (कमोडीटी एक्सचेन्ज) को कम्पनी स्थापनाको लाइसेन्सको लागि ४ वटा आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबारसम्म नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा लाइसेन्सका लागि निवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्ड […]

विदेशी विनिमय डेरिभेटिभ बजार विकास गर्न वैदेशिक लगानी आवश्यकः केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमय डेरिभेटिभ बजार’ विकास गर्न हालको ओभर दि काउन्टर (ओटिसी) मार्केटलाई अझ सशक्त बनाउँदै वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न लङ टर्म फरवार्ड, स्वाप्स र अप्सनलाई प्रवद्र्धन गर्नुपर्ने देखिएको जनाएको छ ।राष्ट्र बैंकले गरेको ‘फरेन एक्सचेन्ज डेरिभेटिभ मार्केट इन नेपाल’ प्रतिवेदनका अनुसार ५२.९ प्रतिशत नेपालीलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको देखाएको छ […]

डेरिभेटिभ बजार सीमित क्षेत्रमा मात्रै

काठमाडौं, (नेस) । नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थिति बारेमा विश्लेषण गरेको छ । अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि विश्लेषण गरेको […]

विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा

काठमाडौं । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा देखिएको छ । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा नेपालमा विदेशी विनिमय डेरिभेटिभको अवस्था यस्तो देखिएको हो । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय डेरिभेटिभ बजार सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले उक्त अध्ययनको प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको हो । अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गरेको छ । साथै, डेरिभेटिभ उपकरणसम्बन्धी कानूनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे पनि विश्लेषण गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारे पनि विश्लेषण गरिएको छ । अध्ययनले विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने पनि औंल्याएको छ । हालको ओभर दि काउन्टर (ओटीसी) बजारलाई सहजता प्रदान गर्न र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न दीर्घकालन रूपमा फर्वार्ड, स्वाप्स र विकल्पहरूलाई प्रवद्र्धन गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनअनुसार दक्षिण एशियाको देशहरूमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । नेपालको हकमा भने प्रारम्भिक अवस्थामा नै रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालका सबै वाणिज्य बैंकहरू फरवार्ड मार्केटमा संलग्न नरहेको देखिएको छ । आधाजसो बैंकहरू भने स्वाप्स कारोबारमा संलग्न देखिएको प्रतिवेदनमा उल्लेख छ । वाणिज्य बैंकहरूले २०२० मा रू. २ खर्ब २८ अर्ब ९४ करोड बराबरको यस्तो कारोबार गरेका छन् । २०२० मा सामान्य रूपमा मात्र यस्तो कारोबार बढेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ मा भने १ खर्ब ४३ अर्ब १२ करोड बराबरको यस्तो कारोबार भएको देखिन्छ । सर्वेक्षणले वाणिज्य बैंकबाट डेरिभेटिभ उत्पादनको प्रयोग बढेको देखाएको छ । यस्तै, गैरवित्तीय फर्महरूतर्फ १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेका छन् । अध्ययनमा ११५ ओटा यस्ता फर्महरूलाई प्रश्नावली सोधिएको थियो । त्यसमा ८१ ओटा फर्मले मात्रा त्यसको उक्त दिएका थिए । त्यसमध्ये १४ दशमलव ८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि अधिकांश स्टील तथा धातु उत्पादक फर्महरू रहेका छन् । यस्तै, ३७ प्रतिशत फर्महरूले दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको बताएका छन् । विदेशी विनिमय जोखिम रहेको भन्न बाँकी फर्महरूमध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव नै रहेको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकको विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन

नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको छ।

विदेशी विनिमय डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक, भारत अग्रस्थानमा

नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन गरि सोको प्रतिवेदन सार्वजनिक गरेको छ ।  बैंकले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थिति बारेमा विश्लेषण गरेको हो । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि छोटकरीमा विश्लेषण गरेको छ । अध्ययनका अनुसार सार्क मुलुकहरुमध्ये भारत अग्रस्थान रहेको छ । यसपछि बङ्

कमोडिटी बजारसम्बन्धी विधेयक पारित

व्यवस्थापिका संसदले डेरिभेटिभ कमोडिटी बजारलाई पारदर्शी र विश्वसनीय बनाउने विधेयक पारित गरेको छ। संसदले 'वस्तु विनिमय बजारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३' आइतबार पारित गरेको हो।