कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् भने विजय नगरमा एक बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।महाराजगन्ज नगरपालिका–१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका–७ मानपुरस्थित माछा पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । महाराजगन्ज नगरपालिका–७ माझीहवा घाटमा मेला हेर्न गएका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।यस