काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ओसार–पसार गर्ने जिम्मा प्रि–पेड ट्याक्सीलाई दिइएको छ । विभिन्न पार्टीका मजदुर नेताहरुको स्वामित्वमा दर्ता भएका विमानस्थलका प्रिपेड ट्याक्सी बाहेक अन्य ट्याक्सीमाथि चाहिँ सरकारले रोक लगाएको छ । पर्यटनलाई सेवा दिने उद्देश्यले दर्ता भएका २०८ वटा प्रिपेड ट्याक्सी अहिले विमानस्थलमा सञ्चालित छन् । ‘प्रिपेड ट्याक्सी नेपाल’ नामको फेसबुक पेजमा सो ट्याक्सीलाई सम्पर्क गर्ने हटलाइन नम्बर