‘बीएफ ७’ नेपालमा पुष्टि भएको छैन, तर सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ ‘भेरियन्ट बीएफ ७’ हालसम्म नेपालमा पुष्टि नभएको जनाएको छ।तर छिमेकी राष्ट्रमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि भइरहेकले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।  ‘प्रारम्भिक प्रतिवेदनअनुसार यो भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवं नियन्त्रणका लागि सबै सजग र सचेत हुन जरुरी छ’, मन्त्रालयले भनेको छ

सम्बन्धित सामग्री

‘जे एन वन’ सँग डराउने होइन सावधानी

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्राेनको नयाँ सबभेरियन्ट र बिदाको समयमा भएको जमघटले गत डिसेम्बर महिनामा १० हजार कोभिडका बिरामीको मृत्यु भएको जनाएको छ । सङ्क्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा बढी देखिएको छ । नेपालमा समेत विभिन्न अस्पताल, सीमा नाका, स्थान र उमेर समूहबाट पुस २२ गते गरिएको पछिल्लो जिनोम सिक्वेन्सिडमा १६ नमुनामध्ये सातमा ‘जे एन वन’ पुष्टि भइसकेको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण मात्र देखिएका छन् । सर्ने माध्यम खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट नै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ । यो सबभेरियन्ट भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा हानि पुर्याएको पुष्टि भएका छैनन् । विशेषतः वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, बालबालिका र खोप नलगाएका बढी प्रभावित हुने देखिएको छ । जोखिममा रहेकाहरूले विशेष सावधानी र ध्यान दिन जरुरी छ । सीमानाकामा शङ्कास्पद सबैको स्वास्थ्य तथा कोरोना परीक्षण, होम तथा संस्थागत क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था र निगरानी, स्वास्थ्य संस्था तथा जनशक्तिलाई तयारीको अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालय र तीनै तहका सरकारले जनाएका छन् । तथापि नागरिक सचेत नहुँदासम्म नियन्त्रण गर्न सकिँदैन भन्ने विगतले देखाएको छ ।

कोभिडको नयाँ भेरियन्ट नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै खुला सीमाका कारण संक्रमणको जोखिम रहेकाले सचेत हुन आग्रह गरेको...