काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेको जनाएको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले संकटका बेला सबैलाई संयमित र सहयोगी भई एकजुट भएर अघि बढ्न अपिल समेत गरेको छ । निषेधाज्ञाको १९ औं दिन पुग्दा पनि कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लागेपछि मन्त्रालयले पूर्ण रुपमा सावधानी अपनाउन अनुरोध गरेको हो । मन्त्रालयले अझै पनि जनस्वास्थ्यका मापदण्डहरूको राम्ररी पालना नभएको स्पष्ट पार्दै निषेधाज्ञामा ५९ प्रतिशतले मानिसहरुले मात्रै आवतजावतको नियम पालना गरे