काठमाडौँमा फेरि मेलम्चीको पानी कहिले आउँछ भन्ने निश्चित नभए पनि मेलम्ची खानेपानी विकास समितिले आयोजना स्थलमा काम थालेको छ । गत असार १ गते आएको भीषण बाढी र पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुगेपछि मेलम्चीको पानी फेरी काठमाडौँ आइपुग्नेमा अन्यौलता भएको हो । अघिल्लो वर्ष वैशाख र जेठ गरी २ महिनासम्म अस्थायी बाँधबाट काठमाडौँमा मेलम्चीको पानी आइपुगे पनि बर्सातमा भएको बाढी र पहिरोको वितण्डाले काठमाडौँबासीको सपनामा तुसारापात भएको थियो । मनसुनको समयमा हिमाली क्षेत