मेलम्ची खानेपानी आयोजना जति बेला काठमाडौँ उपत्यकाका लागि भरपर्दो खानेपानीको स्रोतको रूपमा पहिचान गरियो त्यो बेला काठमाडौँ उपत्यकाका लागि त्यो बेला थुप्रै वैकल्पिक स्रोतहरू थिए । जस्तो शिवपुरी जलाधार क्षेत्रलाई नै अलि राम्रो बनाउन सकिन्थ्यो । फुल्चोकी जलाधार क्षेत्र, चन्द्रागिरि जलाधार क्षेत्र, नागार्जुन जलाधार क्षेत्र लगायतका उपत्यका वरिपरि नै पानीका स्रोतहरू थिए । यी स्रोतहरूलाई अधिकतम सदुपयोग गर्दा, संरक्षण गर्दा धेरै हदसम्म त्यसले काठमाडौँको माग पूरा गर्न सकिन्थ्यो । दीर्घकालीन रूपमा काठ