धेरैबेर कम्प्युटरमा काम गर्दा वा धूलो पर्दा आँखा पोल्न थाल्छ र आँसू आउँछ । आँखामा घरिघरि हात लगाउँदा र रगड्दा पनि यस्तो समस्या आउँछ । आई ड्रप हाल्नुका अलावा अन्य केही घरेलु उपाय गरेर पनि आँखालाई आराम दिन सकिन्छ ।
चिसो पानी
एउटा सफा कपडालाई चिसो पानीमा भिजाएर आँखामा राख्नुस् । यसो गर्दा आँखालाई चिसो पुग्छ । दिनमा धेरैचोटि यो प्रक्रिया दोहो–याउनुस् । आईसक्यूबले पनि आँखा सेक्न सकिन्छ ।
काँक्रो
काँक्रो खाँदा शरीरलाई चिसो हुन्छ र आँखा पोल्ने अनि चिलाउने पनि हट्छ । यसका लागि काँक्रोको पातलो टुक्रा पार्नुस् र १५ दे...