नेपाल राष्ट्र बैंकले फेरि एक सूचना प्रकाशित गर्दै गैरकानुनी क्रिप्टो करेन्सी, पिरामिड नेटवर्किङ तथा हाइपर फन्ड जस्ता कारोबार नगर्न सम्पूर्णमा आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले बिटक्वाइन, क्रिप्टो करेन्सी जस्ता कुनैपनि भर्चुअल मुद्राहरू नेपालमा प्रतिबन्ध रहेको र यस्तो कारोबार गैरकानुनी हुनुका साथसाथै जोखिमपूर्ण रहेको भन्दै यस्तो कारोबार नगर्न सबैलाई आग्रह गरेको हो । भर्चुअल करेन्सी, पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्ड मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रिया