काठमाण्डाै – क्रिप्टोकरेन्सी लगायतका नेटवर्किङ व्यवसायले ग्राहकहरू ठग्ने गरेको भन्दै नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्र बैंकले आज मङ्गलवार सूचना निकालेर धेरैजसो नेटवर्किङ व्यवसायले एउटा देशबाट कारोबार तथा सदस्य परिचालन गरी अर्को देशमा रहेका ग्राहकहरू ठग्ने गरेको पाइएको भन्दै सचेत रहन आग्रह गरेको हो । राष्ट्र बैंकले निकालेको सूचनामा यस्ता कारोबारमा विवाद भएमा लगानीकर्तासँग कानुनी उपचार नरहने भएकाले क्षतिपूर्तिसमेत नपाउने अवस्था आउन सक्ने उल्लेख छ । नेपालमा पनि जोसियल वान, क्राउड, सोलेम्याक्स ग्लोबल जस्...