२५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतका कारोबारबाट राज्य तथा अर्थव्यवस्थामा चुनौती थपिएको बताएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जनचेतनामुलक सामग्री प्रकाशित गर्दै क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर गर्ने बताएको छ । राष्ट्र बैंकले भनेको छ, ‘आईएमएफले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनन्सियल स्टाबिलिटी रिपोर्टमा […]