पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सरकारसँग आगामी ६ दिनभित्र निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सरकारले माग पुरा नगरे खानले आमरण अनशन बस्ने धम्की दिएका छन् । बिहीबार देशको राजधानी इस्लामावादमा खानका लाखौं कार्यकर्ता सहभागी र्याली निस्किएको थियो । माग पुरा नभएर राजधानीमा फेरि पनि आफ्ना समर्थकको र्याली निस्कने खानले भने । लाखौं समर्थकहरुलाई सम्बोधन गर्दै खानले भने, ‘सरकारले संसद भंग गरेर निर्वाचन घोषणा नगरेसम्म म यहीँ बस्नेछु । तर गत २४ घण्टाभित्रका तिनका