न्यारोबडी जहाजको इन्जिन मर्मत बेलैमा नगर्दा नेपाल वायुसेवा निगमले कम्तीमा १ अर्ब १० करोड रुपैयाँ नोक्सान व्यहोरेको छ । न्यारोबडी विमानको इन्जिन मर्मतमा ढिलाइ र अर्को वाइडबडी विमान मर्मत गर्न भन्दै बिनाअनुमति इटालीको नेपल्स पुर्याइएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले निगमले उक्त नोक्सान व्यहोरेको निष्कर्ष निकालेको हो ।