युक्रेन–रूस युद्धको प्रभाव

यूक्रेन र रूसबीच चलिरहेको युद्धले रूसका खेल टिमहरुलाई प्रभाव पारिरहेको छ । अघिल्लो दिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल संघ (यूएफा) ले रुसको फुटबल टिमलाई प्रतिबन्ध लगाएको थियो ।