पालिकास्तरीय गौरवका योजना अधुरै

बाँकेको खजुरा गाउँपालिकामा निर्माण सुरु गरिएको शीतभण्डार निर्माण अझै अधुरो रहेको छ । २०७८ साल भदौ ३० गते सम्पन्न हुने गरी यसको निर्माण अगाडि बढाइएको थियो । रविना/अभियान/जुगल जेभी तीनकुनेले छ करोड १४ लाख रुपियाँको लागतमा निर्माणको जिम्मा लिए पनि पालिकाअन्तर्गत गौरवको यो आयोजना निर्माण हुन सकेको छैन ।

सम्बन्धित सामग्री

बजेट अभावले पर्वतका ७६ खानेपानी योजना अधुरै

पर्वत, १५ वैशाख । लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका छ दर्जनभन्दा बढी खानेपानी योजना अधुरै छन् । एक घर एक धारा पु¥याउने लक्ष्यसहित विसं २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौँ लागतका ती आयोजना दशकौँ बितिसक्दा पनि बजेट अभावमा अलपत्र बनेका हुन् । जिल्लाका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन तीनै […]

पटक–पटक म्याद थप्दा पनि योजना अधुरै

बेनी, २९ चैत । म्याग्दीमा विकास बजेटको अभावसँगै भित्रिएका योजना कार्यान्वयनमा ढिलासुस्ती हुने गरेका छन् । जिल्लामा भित्रिएका अधिकांश योजना समयमा सम्पन्न नभएपछि पटक–पटक म्याद थप्दा पनि अधुरै छन् । निर्माण व्यवसायीको लापरवाहीले जिल्लामा भित्रिएका गौरवको योजनाका रूपमा सञ्चालित सडक, भवन, पुललगायत ठूला विकास निर्माणका योजना अलपत्र परेका हुन् । निर्माणाधीन योजना कार्यान्वयन हुन नसकेपछि […]

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

काठमाडौँ,१० फागुन । बजेट अभावमा कैलालीको टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मसानघाट अधुरै रहेको छ । कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ । नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो । व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । यसका लागि नगरपालिकाले रु चार […]

सडकमा ठूलो लगानी, योजना अधुरै

भौतिक पूर्वाधारमा पूर्वाधारको पनि पूर्वाधार सडकलाई मानिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेपछि स्थानीय, प्रदेश र संघ सरकारले सबैभन्दा बढी लगानी गरेको क्षेत्र पनि सडक निर्माणमा नै हो । पछिल्लो समयमा सडक जताततै सडक बनिरहेको देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको पाँच वर्षमा झन्डै ५ सय किलोमिटर कालोपत्रे गरेको छ । नेपाल राष्ट्र बैंकको […]

अधुरै रहे बागमती सरकारका अधिकांश टुक्रे योजना

हेटौंडा : कार्यकर्ता पोस्ने गरि बागमती प्रदेश सरकारले ल्याएको अधिकांश टुक्रे योजना अधुरै रहेका छन्। प्रदेश सरकारले चालू आवको तेस्रो चौमासिकमा कार्यकर्ता पोस्ने गरि वितरण गरेको २३ सय टुक्रे योजनामध्ये विकास निर्माणतर्फका अधिकांश योजना अधुरै रहेका हुन्।अल्पमतमा परेर कात्तिक १० गते एमाले सरकारबाट बाहिरिएपछि गठबन्धनबाट नेतृत्व गर्दै कात्तिक ११ गते राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए। सरकारको नेतृत्व गरेको केही महिनामा नै मुख्यमन्त्री पाण्डेले चालू आव ०७८/७९ को नीति त

म्याग्दीमा विद्युतीकरण योजना अधुरै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको तीनओटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुंगा सबस्टेशन र आसपासका तीनओटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना शुरू गरेको थियो । मालिका गाउँपालिकाको वडा नं १ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बाासबोट, छिस, भट्टखोला, घोर्सीका ३०० घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझै नगाडेको खहरेका रनबहादुर पुनले बताए । ‘सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्,’ उनले भने, ‘पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबीसी केबुल आए पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।’ ५०० घरधुरी रहेको मालिका–२ रूममा पोल गाडेको तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताए । १५० घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीय ओमकार रोकाले बताए । तीनओटै बस्तीका बासिन्दा लघु जलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताए । ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ,’ उनले भने, ‘मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन ।’ नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनियरिङले करीब आठ करोड रुपैयाँमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन, मिलनचोकदेखि २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो । रासस

विद्युतीकरण योजना अधुरै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको तीनओटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुंगा सबस्टेशन र आसपासका तीनओटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना शुरू गरेको थियो । मालिका गाउँपालिकाको वडा नं १ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बाासबोट, छिस, भट्टखोला, घोर्सीका ३०० घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझै नगाडेको खहरेका रनबहादुर पुनले बताए । ‘सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्,’ उनले भने, ‘पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबीसी केबुल आए पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।’ ५०० घरधुरी रहेको मालिका–२ रूममा पोल गाडेको तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताए । १५० घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीय ओमकार रोकाले बताए । तीनओटै बस्तीका बासिन्दा लघु जलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताए । ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ,’ उनले भने, ‘मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन ।’ नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इञ्जिनियरिङले करिब आठ करोड रुपैयाँमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन, मिलनचोकदेखि २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रूममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सबस्टेशन, प्रसारण लाइन र तीनओटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए । २० किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सबस्टेशनदेखि तीनओटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ । म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातोढुंगा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए । रातोढुंगा सबस्टेशन आयोजनाका इञ्जिनीयर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताए । ‘ठेकेदारलाई धेरैपटक ताकेता गरेर काममा फर्काएका छौं,’ उनले भने, ‘बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौं ।’ रासस

विद्युतीकरण योजना अधुरै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन […]

सुदूरपश्चिममा बजेट अभावमा पूर्वाधारका योजना अधुरै

१४ माघ, धनगढी । कैलालीको भजनीदेखि सुुखडसम्मको १० किलोमिटर सडकको हाल कालोपत्रेको काम भइरहेको छ । करीब १६ करोड रुपैयाँ लागतको यो योजनाको ठेक्का २०७६ साउनमा क्याब जोशी जेभीले पाएको थियो । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा यो सडकका लागि जम्मा एक करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै तीन किलोमिटरको […]

राक्सिराङ गाउँपालिकामा विद्युत विस्तार अधुरै

बाग्मती – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत विस्तार योजना अधुरै रहेको छ। यहाँ चार वर्षअघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन। विसं २०७५ मा विद्युत विस्तारको काम एक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। ठेकेदार र नेपाल विद्युत प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत विस्तार अधुरै रहन […]