लण्डन । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले पदबाट राजीनामा दिएका छन् । सहकर्मीसँग चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि मन्त्री ह्यान्ककले राजीनामा दिएका हुन् ।
बेलायती पत्रिका ‘द सन’ ले स्वास्थ्यमन्त्री ह्यान्कक र सहकर्मी जीना कोलाडान्गेलोबीचमा चुम्बन गर्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो ।