चुम्बन एक स्वभाविक प्रक्रिया हो, माया दर्शाउने । वैंशालु प्रेमी–प्रेमिका, रसिक दम्पती सबैले यसरी नै प्रेम साट्छन् । त्यसो त एउटा बच्चालाई आमाले, एउटा छोराले बृद्ध हजुरबालाई, एउटा साथीले अर्का साथीलाई चुम्बन गरेर प्रेम अभिव्यक्त गर्छन् । सामान्यत चुम्बनलाई एक यौन–प्रक्रियाकै रुपमा बुझ्ने गरिन्छ । त्यसैले नौजवान तन्नेरीबीचको चुम्बन देख्दा हाम्रो समाजले लाजले खुम्चन्छ । […]