राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले सेनेटरी प्याडमा कर छुट गराउने नाममा महिलाहरूलाई प्रयोग गरिएको जिकिर गरेकी छन् । बिहीबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कागेश्वरी मनोहरा नगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले प्याडमा कर छुट गराउने नाममा महिलाहरूलाई आन्दोलनमा उतारिएको तर त्यसको फाइदा महिलाहरूलाई नभएर व्यवसायीलाई मात्रै भएको बताएकी हुन् । उनले भनिन् ‘प्याडमा कर छुट भनियो, हाम्रा महिला दिदीबहिनीहरु माइतीघरमा गएर आन्दोलन गरे । क