संस्थापनइतर पक्षबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने अन्तिम प्रयास असफल भएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने ‘असाधारण’ निर्णय लिए । १४ औं महाधिवेशनमा उम्मेदवारी मनोनयन गर्ने दिन शनिबार वरिष्ठ नेता पौडेल कसैको पक्षमा उभिएनन् । पार्टी प्रतिस्पर्धा राजनीतिबाट उनले स्वेच्छिक अवकाश लिए । यद्यपि ७५ वर्ष कटेका पौडेलले राष्ट्रिय राजनीतिमा आफू सक्रिय हुने चाहिँ स्पष्ट पारेका छन् ।