कुनैपनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न होस् भन्ने निर्वाचन आयोग र सरकारको लक्ष्य हुन्छ । सरकारले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गर्ने गर्छ । सँगै सरकारले शान्ति सुरक्षाको अवस्थाको विश्लेषण गरेर म्यादी प्रहरी पनि भर्ना गर्ने गरेको छ । यति हुँदाहुँदै पनि हरेक निर्वाचनमा विभिन्न कारणले हुने हिंसात्मक घटनाका कारण मानिसको ज्यान जाने गरेको छ ।