नाका खुल्दा लप्चीवासी उत्साही

चीन सरकारले बिगु गाउँपालिका–१, लप्चीको पुरानो व्यापारिक नाका फलाक (रोङसिया) खोलेपछि स्थानीयवासी उत्साहित भएका छन् । सो नाका खुलेसँगै लामो समयको प्रतीक्षा पूरा भएको स्थानीयवासी बताउँछन् । चिनियाँ पक्षले नाका खोल्यो, अब हाम्रोतिरको सडक र अन्य संरचना व्यवस्थित गर्न लाग्नुपर्ने बेला आएको गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताउनुभयो । तिब्बतसँग सीमा जोडिएको यस गाउँपालिकामा दुई वटा नाका रहेका छन् ।

सम्बन्धित सामग्री

तातोपानी नाकाबाट आयात वृद्धि

उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । चालु आवको भदौयता चीनबाट उक्त नाका हुँदै आयातमा निरन्तर वृद्धि र सहज आपूर्ति हुन थालेपछि व्यापारी उत्साही हुन थालेका छन् । चार वर्षअघि तातोपानी नाका खुलाए पनि पूर्ण रूपमा सञ्चालनमा आएको थिएन तर चालु आवबाट आयातमा भारी वृद्धि हुन थालेपछि अहिले उक्त नाकामा चहलपहलमा पनि वृद्धि भएको छ ।

टिप्ताला नाका भदौदेखि खुल्ने

काठमाडौंमा रहेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङले शनिबार दिउँसो गाउँमा फोन गरेर भदौ चौथो सातादेखि टिप्ताला भन्ज्याङ नाका खुल्ने खबर दिए । गाउँलेलाई यसले उत्साही बनायो । कोरोना संक्रमण कम भएपछि स्थानीयको पहिलो चाहना नाका खुलोस् भन्ने थियो । गाउँमा पुग्ने जनप्रतिनिधि, प्रशासन, पत्रकारलगायतलाई उनीहरू नाका खोल्न पहलका लागि अनुरोध गर्थे ।

गौरीफन्टामा क्वारेन्टाइन चेकपोष्ट राखिने

७ असार, कैलाली । भारत सरकारले प्रदेश नम्बर सातको मुख्य व्यापारिक नाका गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट राख्ने भएको छ । उसले गौरीफन्टासंगै जोडिएको भित्तामोडमा एक साता भित्र क्वारेन्टाईन चेक पोष्ट स्थापना गर्ने जनाएको छ । गौरीफन्टा नाकामा भारत सरकारले क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने खबरले प्रदेश ७ का उद्योगी व्यवसायीहरु भने निकै उत्साही …

निर्वाचन पछि निजि क्षेत्र उत्साही, नाका खोल्न जोड

चरीकोट : संघिय संरचना अनुसार पहिलोे पटक भएको निर्वाचन पछि निजि क्षेत्र उत्साही बनेको छ । पाँचबर्षका लागि स्थिर सरकार निर्माण हुने र सो समयमा धेरै