विवेकशील साझाका तर्फबाट ललितपुर मेयरमा उज्वलकृष्ण श्रेष्ठ

काठमाडौँ – उज्वलकृष्ण श्रेष्ठ विवेकशील साझा पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने भएका छन् । आफ्नो पार्टीका तर्फबाट श्रेष्ठलाई मेयर उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझाले जनाएको छ। श्रेष्ठको उम्मेदवारको औपचारिक घोषणा मंगलबार दिउँसो पाटन दरबार क्षेत्रमा पत्रकार सम्मेलनमार्फत् गरिने पार्टीले जानकारी दिएको हो । हाल मेयरको उम्मेदवार बन्न लागेका श्रेष्ठ यसअघि प्रतिनिधिसभा निर्वाचनमा […]

सम्बन्धित सामग्री

ललितपुर क्षेत्र नं. ३(क)मा विवेकशील साझाका केसीको उम्मेदवारी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ (क) बाट विवेकशील साझा पार्टीका नेता समुन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन्।...

ललितपुर महानगरमा मतगणना सुस्त : दोब्बर मतले चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार महर्जनले १५ हजार १६५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५३९ मत  मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्टबहादुर महर्जनले १२ सय ७६ मत प्राप्त गर्दा मेयरकै उम्मेदवार विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन्। ललितपुरको जावलाखेलस्थित स्थानीय विकास

ललितपुरमा विवेकशील साझा पार्टीका तर्फबाट उज्ज्वल कृष्ण बने मेयरका उम्मेदवार

ललितपुर। विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ।

ललितपुरमा विवेकशील साझाबाट उज्ज्वल कृष्ण बने मेयरका उम्मेदवार

ललितपुर- विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ। मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो। पार्टीको बागमती प्रदेशका संयोजक समेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन्। ललितपुर महानगर र […]

मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाँदै उज्जवल बने ललितपुरमा मेयरको उम्मेदवार

विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ। मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो। पार्टीको बागमती प्रदेशका संयोजक समेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरी भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन्। ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभ

विवेकशील साझाले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउँदै

विवेकशील साझा पार्टीले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरी विवेकशीलले ललितपुर मेयरमा श्रेष्ठको नाम घोषणा गर्ने जनाएको छ । मेयर उम्मेदवारको घोषणा दिउसो २ बजे पाटन दरबार स्क्वायरमा गरिंदै छ ।

विवेकशील साझाले ललितपुर महानगरको मेयरमा उज्वल कृष्ण श्रेष्ठलाई उठाउने

काठमाडौं : विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्वल कृष्ण श्रेष्ठलाई उठाउने भएको छ। आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट ललितपुर महानगरको प्रमुख पदमा उज्वल कृष्ण श्रेष्ठले उम्मेद्वारी दिने पार्टीले जानकारी दिएको छ। उम्मेद्वारीको औपचारिक घोषणा दिउँसो २ वजे हुँदैछ।

विवेकशील साझाले ललितपुर महानगरमा पार्टीको मेयर उम्मेदवार श्रेष्ठलाई बनाउने

काठमाडौँ । विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले आज (मंगलबार) दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भिमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी श्रेष्ठको उम्मेदवारी घोषणा गर्दै छ । श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । उनी विवेकशील साझा […]

साझा पार्टीबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार महर्जनको निधन

साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका रमेश महर्जनको निधन भएको छ । कोरोनाभाइरसको संक्रमितबाट उनको निधन भएको विवेकशील साझा पार्टीका केन्द्रीय सञ्चार विभागका सदस्य उद्धवराज भेटवालले जानकारी दिए ।महर्जनको निधन प्रति दु:ख व्यक्त गर्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कोभिडका कारण अर्का एक भलाद्मि व्यक्तित्वले संसार छोड्नु भएको खबरले निःशब्द छु। रमेश जी को परिवार, आफन्त, मित्रजन सबैमा गहिरो समवेदना प्रकट गर्दछु।’