सीमावर्ती क्षेत्रका नेपाली किसान महँगो मूल्यमा उपलब्ध हुने भारतीय विकासे (हाइब्रिड) धानको बीउप्रति आकर्षण भएका बेला सीमापारिका किसानको रोजाइमा भने यहाँका रैथाने धान पर्ने गरेको पाइएको छ । नेपाली बीउ सस्तोमा पाइने र बाली वैज्ञानिकले प्रमाणित गरेकाले भारतीयको रोजाइमा परेको विज्ञहरू बताउँछन् ।