हराउँदै रैथाने, पुरानै उन्नत, हाइब्रिड १० प्रतिशत

नेपालमा विभिन्न बालीका ३० हजार रैथाने जात भएको पाइएको छ भने त्यसमा अहिलेसम्म एक सय ४० बालीका १३ हजार रैथाने बीउ संकलन गरिएको छ।

सम्बन्धित सामग्री

पर्वतमा १० प्रतिशत धान रोपाइँ

पर्वत । कोरोना कहरका बीच पर्वतमा यस वर्षको धान रोपाइँ १० प्रतिशत सकिएको छ । किसानहरू कोरोनाका कारण घरभित्रै बस्नुपर्दा जिल्लामा रोपाइँ अपेक्षित रूपमा हुन नसकेको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा गतवर्ष पनि कोरोनाकै कारण रोपाइँ प्रभावित भएको थियो । पछिल्लो हप्ता कोरोना संक्रमित घट्न थालेपछि भने किसान धान रोपाइँमा व्यस्त हुन थालेका छन् । जिल्लाका समथर र उच्च पहाडी स्थानमा रोपाइँ शुरू भएको छैन । धेरैजसो स्थानमा मकै थन्क्याएर धान रोप्ने गरिन्छ । कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले मकै नलगाएको खेतमा मात्रै रोपाइँ भइरहेको बताइन् । कोरोनाको कहर कम हुँदै गएपछि किसान खेतबारीको काममा निस्किन थालेको उनको भनाइ छ । ज्ञान केन्द्रका अनुसार जिल्लाका मोदी, जलजला, पैयुँ र फलेवासका खोला किनारका खेतमा धान रोपिएको छ । आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने स्थानमा पनि यस वर्ष पर्याप्त वर्षा हुने पूर्वानुमान रहेकाले किसान सहजै धान रोपाइँ गर्न पाइने आशामा छन् । २८ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमीन रहेको पर्वतमा करीब ९ हजार २१ हेक्टरमा धान रोप्ने गरिएको छ । जिल्लामा गुडुरा, मार्सी, खुमलटार, पहेँले, जेर्नेली, अनदी, जेठोबुढो, एक्ले लगायत धानका जात लगाउने गरिन्छ । पछिल्लो समय किसानले उन्नत जातका हाइब्रिड धान समेत लगाउँदै आएका छन् ।