बैंकबाट ऋण स्वरुप रुपैयाँ झिकिन्छ । बैंक तथा वित्तीय संस्थाले आयस्रोत वा धरौटीका आधारमा ऋणको कारोबार गर्दै आएका छन् । तर यहाँको एक सहकारी संस्थाबाट ऋण झिक्दा नगद रुपैयाँसॅगै विभिन्न बालीनालीका बीउ पनि अनिवार्य लैजानुपर्छ । डोटीको जोरायल गाउॅंपालिका—१ गैराबजारस्थित जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाले ऋण लिने व्यक्तिले बालीनालीको बीउ समेत अनिवार्य लग्नुपर्ने प्रावधान राखेको हो ।