चैत मसान्तभित्र पाठ्यपुस्तक पुर्याउन मन्त्रालयको निर्देशन

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तसम्म स्थानीय तहभित्र पाठ्यपुस्तक पुर्‍याउन जनक शिक्षा सामाग्री केन्द्रलाई निर्देशन दिएको छ।‘आगामी शैक्षिक सत्र निकट भविष्यमा सुरु हुन लागेको सन्दर्भमा कक्षा १ देखि कक्षा १० सम्मका पाठ्यपुस्तक  वैशाख ०२ गतेबाट विद्यार्थीको हातमा पुग्नु पर्ने पक्षमा ध्यान दिई समयमा नै पाठ्यपुस्तक छपाई सम्पन्न गर्न र स्थानीय तहसम्म पाठ्यपुस्तक ढुवानीको कार्य तत्काल सुरु गर्नुपर्ने भएको छ,’शिक्षा सचिव सुरेश अधिकारीले दिएको निर्देशन

सम्बन्धित सामग्री

चैतभित्रै विद्यालयमा पुस्तक पुर्याउन केन्द्रलाई मन्त्रालयको निर्देशन

भक्तपुर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्रै स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ।कक्षा ५ देखि १० सम्मको १ करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले विसं २०८१ वैशाख २ गतेदेखि सुरू हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरि व्यवस्था गर्न निर्देशन दिएको हो।कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोहीअनुरूप

शिक्षामन्त्री सुमना जनक शिक्षामा, समयमै हातहातमा पुस्तक पुर्याउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । बिहिबार भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै …