दाङ - दाङको घोराहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएकाे छ ।
घोराही उपमहानगरपालिका-१५ मा आज बिहान अन्दाजी ५०/५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक पुरुषको नाम र ठेगाना खुलेको छैन । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।