रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–८ तिङताराका १२ वर्षीय शेरबहादुर पुन दैनिक सानीभेरी नदीमा भेटिन्छन्। हातमा जाल र लठ्ठी तथा कम्मरमा ढडिया बोकेका पुनको दैनिकी सानीभेरी नदीमै बित्छ। उमेरमा सानो भए पनि उनीमाथि ठूलो जिम्मेवारी छ।दिनभर माछा मारेर उनी परिवारको गुजाराका लागि केही सहयोग गर्छन्। उनले यसरी माछा मार्न थालेको २ वर्ष भइसकेको छ। १० वर्षको उमेरदेखि नै उनी नदीमा जाने र जाल हानेर माछा मार्ने काम गर्छन्। अब त उनी माछा मार्न निपुण पनि भइसकेका छन्। सुरु सुरुमा दाइसँग माछा मार्न जाने उनी अहिले